दुर्घटनामा परेर श्रेष्ठको मृत्यु
दोलखा । दोलखाको चरीकोट जिरी सडकखण्डअन्तर्गत गौरिशङ्करवाल गृह नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ४ अनाथलय नजिकै चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१०२४ च ५९१९ नम्वरको योद्धा गाडी र जिलुबाट चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु ह्ुनेमा मोटरसाइकल चालक सोही वडा बस्ने ३३ वर्षीय उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा परे गम्भीर घाइते भएका श्रेष्ठलाई चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाइएको छ । प्रहरीका अनुसार, मृतकको शव सोही अस्पतालमै राखिएको छ ।
