समाचार
पोखरीमा डुबेर २ बालिकाको मृत्यु
धनगढी । कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जिल्लाको लम्कीचुहा नगरपालिका–८ का स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँका भीमबहादुर कुवँरकी ६ वर्षीया छोरी भावना कुवँर रहेको प्रहरीले जनाएको छ । स्थानीय बडिमालिका इटाभट्टा पछाडी खेलिरहेका उनीहरु पोखरीमा डुबेको अवस्थामा भेटिएपछि...
वनदेवी आधारभूत विद्यालयको आयोजनामा स्थलगत निबन्ध प्रतियोगिता
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा वनदेवी आधारभूत विद्यालयले सोमबार स्थलगत निबन्ध प्रतियोगिता आयोजना गरेको छ । ‘कोरोनाले शिक्षामा पारेको प्रभाव’ भन्ने विषयमा हेटौंडा उपमहानगरपालिका वडा नं. ७, ८, १४ र १५ का सामुदायिक तथा संस्थागत विद्यालयका आधारभूत तह (६–८) का विद्यार्थीहरू प्रतियोगितामा सहभागी थिए । सो प्रतियोगितामा तासिर...
बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज मंगलबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, आजको बैठकमा बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयगत मन्त्रालय र शिर्षकमाथि छलफल हुनेछ । आज ५ मन्त्रालयसहित प्रदेशसभा...
हेटौंडामा राष्ट्रपति रनिङ शिल्ड यही असार १८ गतेदेखि हुने
मकवानपुर । मकवानपुरको हेटौंडामा १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही असार १८ गतेदेखि हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आज (सोमबार) बसेको जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको बैठकले उक्त निर्णय गरेको हो । सबै पालिकाहरुलाई छनौट गरेर खेलाडी पठाउन यसअघि...
गठबन्धन सरकार धेरै समय टिक्दैन : पूर्वमन्त्री लामा
मकवानपुर । नेकपा एमालेका नेता एवम् बागमती प्रदेशसभा सदस्य दावा दोर्जे लामाले वर्तमान सत्तारुढ गठबन्धन धेरै समय नटिक्ने बताएका छन् । बागमती प्रदेशको पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहेका लामाले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको विषयगत मन्त्रालय माथिको छलफलका क्रममा बोल्दै सो...
दुर्घटनामा परेर गुरुङको मृत्यु
कास्की । कास्कीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्जुङ घर भई पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने ५३ वर्षीया जुना कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार, ग ११ प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर...
हेटौंडा उपमहानगरपालिकामा प्लाष्टिक झोला प्रयोग गर्न रोक
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले प्लाष्टिक झोला प्रयोग गर्न रोक लगाएको छ । सरकारले ४० माइक्रोन भन्दा कम तौलको प्लाष्टिक झोला प्रयोगमा लगाएको प्रतिबन्धलाई हेटौंडा उपमहानगरपालिकाले कार्यान्वयनमा ल्याएको हो । सोमबार हेटौंडा उपमहानगरपालिकाका उप–प्रमुख राजेश बानियाँ र प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाईँले कार्यालय परिसरमा ४० माइक्रोन भन्दा कम तौलको प्लाष्टिकको...
मकवानपुरका ढकाल प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले आइतबार साँझ लागूऔषध खैरोहिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीबाट १५० मिलिग्राम लागूऔषध खैरोइनसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय सरोज ढकाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार,...
वार्षिक उत्सवको अवसरमा बिरामीलाई फलफुल वितरण
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालमा रहेको बिरामीहरुलाई फलफुल वितरण गरेको छ । प्रतिष्ठानले आफ्नो दोश्रो वार्षिक उत्सवमा हेटौंडा अस्पतालका बिरामीहरुलाई फलफु वितरण गरेको हो । प्रतिष्ठानले हेटौंडा अस्पतालमा उपचाररत ७० जना बिरामीलाई जुस, केरा, स्याउलगायतका विभिन्न परिकारको फलफुल वितरण गरेको हो । यस्तै, प्रतिष्ठानले हेटौंडा...
कसैले माग्दैमा म राजीनामा दिन्नः मन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कसैले मागेको भरमा आफुले राजीनामा नदिने बताएका छन् । आज राष्ट्रियसभाको बैठकमा उनले आफुले राजीनामा नदिने तथा सही र गलतको पुष्टि इतिहासले गर्ने बताए । “बजेट जनताको पक्षमा ल्याएका कारणले, बजेट देशको पक्षमा ल्याएका कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गनुपर्छ...










