हेटौंडा उपमहानगरपालिकामा प्लाष्टिक झोला प्रयोग गर्न रोक

तु खबर संवाददाता
२०७९ असार १३,सोमबार १७:५५

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले प्लाष्टिक झोला प्रयोग गर्न रोक लगाएको छ । सरकारले ४० माइक्रोन भन्दा कम तौलको प्लाष्टिक झोला प्रयोगमा लगाएको प्रतिबन्धलाई हेटौंडा उपमहानगरपालिकाले कार्यान्वयनमा ल्याएको हो ।

सोमबार हेटौंडा उपमहानगरपालिकाका उप–प्रमुख राजेश बानियाँ र प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाईँले कार्यालय परिसरमा ४० माइक्रोन भन्दा कम तौलको प्लाष्टिकको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।

टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा–२ र उपमहानगरपालिकाले आयोजना गरेको प्रतिवद्धता कार्यक्रममा हस्ताक्षर गर्दै उप–प्रमुख बानियाँ र अधिकृत चौलागाईले प्रतिबद्धता जनाएका हुन् ।