समाचार

कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कारागामा सजाय भोगिरहेका कैदीबन्दीहरुको पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले समानुपातिकतर्फ मताधिकारको व्यवस्था गर्न मतदाता नामावली संकलनको व्यवस्था गर्न निर्देशन दिएको हो । उक्त व्यवस्था लागू गर्न काठमाडौं स्कुल अफ ल का विद्यार्थीद्वय प्रदिक्षा...

बागमती प्रदेशसभाः विनियोजन विधेयक २०७९ स्वीकृत

मकवानपुर । सोमबार बसेको बागमती प्रदेशसभाको बैठकले विनियोजन विधेयक २०७९ लाई सर्वसम्मत रुपमा स्वीकृत गरेको छ । सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएका थिए । अर्थमन्त्री जम्कट्टेलले सदनमा पेश गरेको सो प्रस्तावको विपक्षमा सांसद्हरु नदेखिएपछि सभामुख...

रफ्तारमा काम गर्छु – सहरी विकासमन्त्री चौधरी

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले सपथसँगै पदभार ग्रहण गरेका छन् । सोही क्रममा उनले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् । उनले पदको गरिमालाई ख्यालमा राखेर काम गर्ने र पदको दुरुपयोग नगर्ने दावी गरेका छन् । छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले...

नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त पर्यटन, संस्कृति तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएलगत्तै पर्यटन मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्ने क्रममा दुई महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले विश्व संम्पदा सूचीमा परेका हनुमानढोका र स्वयम्भूलाई जोड्ने गरी हेरिटेज मार्ग बनाउने निर्णयमा हस्ताक्षर गरेका...

बागमती प्रदेशः सर्वदलीय बैठकमा जुट्यो सहमति, बजेट संसोधन गर्न सरकार तयार

मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले अवरुद्ध संसद् सुचारु गर्ने सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल गर्ने उद्देश्यकासाथ आह्वान गरेको बैठकमा सहमति जुटेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत गरेको बजेट संसोधन गर्ने विषयमा दलहरुबीच सहमति भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।...

बोराभित्र भेटियो एक पुरुषको शव

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्वर ४ मा एक पुरूषको शव फेला परेको छ । वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, उनको शव आइतबार बेलुकी फेला परेको हो । ह्युमपाइपभित्र पहेँलो र रातो...

हेटौंडामा आज र भोलि प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज र भोलि प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी कार्यक्रम हुने भएको छ । सम्मेलन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेशको आयोजना एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको सहकार्यमा हुने भएको हो । करिब ३० लाख...

मकवानपुरगढीमा डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना हुने

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना हुने भएको छ । कृषि विकास बैंक प्रदेश कार्यालय चितवन र मकवानपुरगढ़ी गाँउपालिकाबीच आइतबार डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापनाको लागि सम्झौता भएको छ । सम्झौतापत्रमा कृषि विकास बैंकको तर्फबाट प्रदेश कार्यालयका निर्देशक रघुनाथ न्यौपाने र वरिष्ठ शाखा अधिकृत...

नव नियुक्त मन्त्रीहरूको शपथ आज हुँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । प्रधानमन्त्री देउवाले आइतबार साँझ एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका थिए । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरूको शपथ सोमबार बिहान ११ बजे गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका जीवनराम...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । सोमबार देशभर सामान्य बदली रही देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...