हेटौंडामा आज र भोलि प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी हुने

तु खबर संवाददाता
२०७९ असार १३,सोमबार १०:२४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज र भोलि प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी कार्यक्रम हुने भएको छ । सम्मेलन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेशको आयोजना एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको सहकार्यमा हुने भएको हो ।

करिब ३० लाख रुपैयाँको लागत लागिने भनेको सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका महिला उद्यमी प्रतिनिधी ७८ जना, प्रदेश समिति तथा स्थानीय महिला उद्यमी ३२ जना र आमन्त्रित उद्यमीहरु २० जनाको उपस्थिति रहने जनाइएको छ । साथै, प्रदर्शनीमा जिल्लाबाट ३९ जना प्रदेश समितिका ६ जना र आमन्त्रित उद्यमीहरु ५ जनाको सहभागिता रहनेछ ।

रोयल पार्टी प्यालेसमा हुने सम्मेलनमा ५० वटा स्टल रहने र महिलाले उत्पादन गरेका कुसन, डल, खाद्य पदार्थ, हस्तकलाका सामाग्रीहरु प्रदर्शनीको रुपमा राखिनेछ । कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यसूची रहेको छ ।