समाचार

पेस्तोलसहित एक जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विकलाई उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो । विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार...

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दैछ । बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको हो । उक्त बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी हुने जनाइएको छ । पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा...

बागमती प्रदेश : सर्वदलीय बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक आह्वान गरेका छन् । अवरुद्ध संसद् सुचारु गर्ने सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल गर्ने उद्देश्यका साथ बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, बैठक आज (सोमबार) बिहान ८ः३० बजे प्रदेशसभा सचिवालयमा बस्ने गरी बोलाइएको छ...

रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीसम्बन्धी कार्यशाला सम्पन्न

मकवानपुर । एस्ट्रोनोभा फाउन्डेशन नेपालले हेटौंडामा वैज्ञानिक एवम् प्रविधिमय वातावरण बनाउने उद्देश्यले आयोजना गरेको रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीसम्बन्धी ११ दिने कार्यशाला सम्पन्न भएको छ । आइतबार समापन समारोहमा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले कार्यशालामा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिन् । समारोहलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले विज्ञान...

हेटौंडा उपमहानगरपालिकाः हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभाबाट उप–प्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गरेका हुन् । उपमहानगरपालिकाले आगामी आवको लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय...

बागमती प्रदेश : नेकपा एमालेद्वारा बजेट पुस्तिका फिर्ता

मकवानपुर । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई बजेट पुस्तिका फिर्ता गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेटमाथि असन्तुष्टि व्यक्त गदै एमालेका सांसदहरुले आइतबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बजेट पुस्तिका फिर्ता गरेका हुन् । एमालेका सांसद्हरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर...

लागूऔषधसहित ६ जना प्रहरीको फन्दामा

काठमाडौं । कञ्चनपुर, मोरङ र कैलाली गरी तीन छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ सालघारीबाट लागूऔषध चरेश ४८ ग्राम ४५ मिलिग्राम र नगद १० हजार रुपैयाँसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–७ हल्दुखाल बस्ने २६ वर्षीय किशन...

प्रतिनिधिसभाबाट लोकसेवा आयोगको विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक स्वीकृत भएको छ । आइतबारको दोस्रो बैठकमा राष्ट्रियसभामा उत्पति भएको नीति अनुसन्धान प्रतिष्ठान, २०७८ विधेयक र राष्ट्रियसभाबाट भएको संशोधनसहितको लोकसेवा आयोगसम्बन्धी विधेयक, २०७५ स्वीकृत भएको हो । अघिल्लो बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न...

बोलेरो दुर्घटनामा परेर तीन जनाको मृत्यु

इलाम । इलाममा बोलेरो जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको माङसेबुङ गाउँपालिका–२ दहगाउँस्थित भित्री सडकखण्डमा आइतबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृत्यु हुनेहरुमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी...

हेटौंडामा परियोजना बैंक निर्माणको लागि १ करोड ४५ लाख बजेट विनियोजन

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले परियोजना बैंकको लागि बजेट विनियोजन गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार उपमहानगरपालिकाको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै परियोजना बैंक निर्माणको लागि १ करोड ४५ लाख बजेट विनियोजन गरेको जानकारी दिए । उपमेयर बानियाँले उपमहानगरपलिकाले नगरको...