पोखरीमा डुबेर २ बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७९ असार १४, मंगलवार ०८:३२
file photo

धनगढी । कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जिल्लाको लम्कीचुहा नगरपालिका–८ का स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँका भीमबहादुर कुवँरकी ६ वर्षीया छोरी भावना कुवँर रहेको प्रहरीले जनाएको छ ।

स्थानीय बडिमालिका इटाभट्टा पछाडी खेलिरहेका उनीहरु पोखरीमा डुबेको अवस्थामा भेटिएपछि तत्काल उद्धार गरिएको भएपनि मृत्यु भएको प्रहरीले जनाएको छ ।