वार्षिक उत्सवको अवसरमा बिरामीलाई फलफुल वितरण

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालमा रहेको बिरामीहरुलाई फलफुल वितरण गरेको छ । प्रतिष्ठानले आफ्नो दोश्रो वार्षिक उत्सवमा हेटौंडा अस्पतालका बिरामीहरुलाई फलफु वितरण गरेको हो ।
प्रतिष्ठानले हेटौंडा अस्पतालमा उपचाररत ७० जना बिरामीलाई जुस, केरा, स्याउलगायतका विभिन्न परिकारको फलफुल वितरण गरेको हो । यस्तै, प्रतिष्ठानले हेटौंडा अस्पतालमा रक्तदानको पनि आयोजना गरिएको छ । कार्यक्रममा प्रतिष्ठानका कर्मचारीहरुसहित २८ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशी, रजिष्टार राजेश प्रसाइ, शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सतिश कुमार देव, कार्यक्रम संयोजक चिरञ्जीवि चुडाल, प्रमुख प्रशासकीय अधिकृत अमर अधिकारी लगायतकाले सहभागिता रहेको थियो ।