दुर्घटनामा परेर गुरुङको मृत्यु

तु खबर संवाददाता
२०७९ असार १३,सोमबार १७:५९
सांकेतिक तस्वीर

कास्की । कास्कीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्जुङ घर भई पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने ५३ वर्षीया जुना कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार, ग ११ प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।