हेटौंडामा राष्ट्रपति रनिङ शिल्ड यही असार १८ गतेदेखि हुने

तु खबर संवाददाता
२०७९ असार १३,सोमबार १८:४१

मकवानपुर । मकवानपुरको हेटौंडामा १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही असार १८ गतेदेखि हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आज (सोमबार) बसेको जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सबै पालिकाहरुलाई छनौट गरेर खेलाडी पठाउन यसअघि नै पत्राचार भएको र केही पालिकाहरुले अझै छनौट गर्न बाँकी रहेको समितिका सचिव राजन दाहाल खुशराजले जानकारी दिए । राष्ट्रपति रनिङशिल्डमा एथलेटिक्स, भलिवल, कबड््डी, कराते, तेक्वान्दो र उसु खेलका गरि ४८ स्वण पदकका लागि प्रतियोगिता हुनेछ ।

जिल्ला प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले काठमाडांैमा असार २५ गतेदेखि हुने प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने छन् । अहिलेसम्म हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाले स्थानीय छनौट गरेका छन भने बकैया, मकवानपुरगढी र कैलाशले छनौट गर्ने कार्य गरिरहेको सचिव दाहालले जानकराी दिए ।