समाचार

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका...

बाँदर धपाउने क्रममा लडेर खनालको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टङ्क खनाल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार बारीमा पसेको बाँदर धपाउने क्रममा लडेर खनाल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल...

कांग्रेसले भदौमा देशव्यापी विशेष अभियान चलाउने

काठमाडौं । नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ । यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार पार्ने...

न्यायपरिषद् बैठक : थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । न्यायपरिषद् बैठकले थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले न्यायाधीशहरु राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको हो । निधि उच्च अदालत महेन्द्र नगरको न्यायाधीशमा कार्यरत छन् भने शर्मा जिल्ला अदालत काठमाडौंमा कार्यरत थिए । न्यायपरिषदको सिफारिसलाई कामु प्रधानन्यायाधीशले...

राप्रपा नेपालले तोक्यो २९ विभागका प्रमुख

काठमाडौं । राप्रपा नेपालले २९ वटा विभाग गठन गर्दै प्रमुख तोकेको छ । अध्यक्ष कमल थापाले विधान बमोजिम विभाग गठन गर्दै प्रमुख तथा सदस्य सचिवसमेत चयन गरेका हुन् । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा कमल थापा नै चयन भएका छन् भने अनुशासन आयोगमा राजीव पराजुली, प्रशिक्षण विभागमा सुशील श्रेष्ठ,...

हेटौंडाको प्रगति माविमा अभिव्यक्तिकला विकास कार्यशाला

मकवानपुर । हेटौंडाको प्रगति माध्यमिक विद्यालयमा दुई दिने अभिव्यक्तिकला विकास कार्यशाला सोमबार सम्पन्न भएको छ । माध्यमिक तहका विद्यार्थीहरुका लागि आयोजित कार्यशालामा विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रछात्राहरुले सहभागिता जनाएका थिए । बालबालिकाहरुको वक्तृत्व सीप विकासका लागि आयोजना गरिएको कार्यक्रमले उनीहरुको व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक निरन्जन...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

बाँके । गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ हटियामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय लेकबहादुर पाल्पाली रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, हटियाबाट ठुलाचौरतर्फ जाँदै गरेको लु ६ प २०२० नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै...

नेपाली कांग्रेसले साउनभित्र भ्रातृ संस्थालाई पूर्णता दिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्तभित्र पूर्णता दिने निर्णय गरेको छ । निर्धारित समय भन्दा डेढ घन्टा ढिलो सुरु भएको बैठकले भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । कांग्रेसका १० भ्रातृ संस्थाको केन्द्रीय समिति अवधि पुगेर भंग...

एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं । नेपालमा थप ४५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा ४५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र...

गरगहना चोरी गरेको आरोपमा युवक पक्राउ

मोरङ । मोरमा गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका १३ बस्ने १८ वर्षीय विवेक कामत रहेकोजिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विवेकलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको...