दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
बाँके । गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ हटियामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय लेकबहादुर पाल्पाली रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार, हटियाबाट ठुलाचौरतर्फ जाँदै गरेको लु ६ प २०२० नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
