बाँदर धपाउने क्रममा लडेर खनालको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण ३, मंगलवार ०८:३२

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टङ्क खनाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार बारीमा पसेको बाँदर धपाउने क्रममा लडेर खनाल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।