समाचार
खोला किनारमा एक जनाको शव फेला
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखु एक जनाको शव फेला परेको छ । सडेर कंकाल भइसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । उक्त शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार, खोलाको नजिक...
एआईजी विश्वराज पोखरेलले दिए राजीनामा
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । गत शुक्रबार...
कांग्रेस मकवानपुरले जनप्रतिनिधिलाई सम्मान गर्ने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्मान गर्ने भएको छ । कांग्रेसको तर्फबाट जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटै पालिकाको विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरुलाई साउन ४ गते एक कार्यक्रमकाबीच सम्मान गरिने जिल्ला सभापति बुद्ध लामाले जानकारी दिए । जिल्लाको ५ पालिकाको प्रमुख, ४ पालिकाको उपप्रमुख...
बागमती प्रदेश सभा बैठक साउन ५ गते बस्ने
मकवानपुर । बागमती प्रदेश सभाको बैठक यही साउन ५ गते बिहीबार बस्ने भएको छ । प्रदेशसभाको चालु १० औं अधिवेशनको २६ औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश सभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले २६...
आजदेखि जिल्लाका बालबालिकालाई कोरोनाविरुद्ध दोस्रो मात्रा खोप लगाइँदै
काठमाडौं । आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो । बालबालिकालाई दोस्रो मात्रा खोप नजिकको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट दिइनेछ । आजबाट काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली,...
भारतमा आज राष्ट्रपति निर्वाचन
काठमाडौं । भारतको १५ औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । संसदको बर्खे अधिवेशनको पहिलो दिन निर्वाचन हुने भएको हो । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदैछ । सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पद...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनको लागि उक्त बैठक बस्न लागेको हो । आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो ।
अमेरिकाको एक मलमा गोली चल्दा तीन जनाको मृत्यु
काठमाडौं । अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको सो घटनामा अन्य तीन जना घाइते भएका छन् । ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले एक विज्ञप्ति गर्दै सो बारे जानकारी दिएका हो । ग्रीनवुड पुलिसले आफ्नो फेसबुक पेजमा उक्त घटनाका प्रत्यक्षदर्शीलाई आवश्यक...
आज यी प्रदेशहरुमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूार्वनुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार, अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनुका साथै प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा स्थानहरूमा हल्कादेखि...
वडा सदस्यको गाडीले ठक्कर दिँदा गुरुङको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग २ च ९०६२ नम्वरको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा ३३ प १४५५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको...









