समाचार
बाजुरामा भूकम्पको धक्का
काठमाडौं । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्यागेन्च्युटको भूकम्प गएको हो ।
आज साउनको पहिलो सोमबार
मकवानपुर । आज साउनको पहिलो सोमबार । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजाआराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ , भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लाग्ने परम्परा छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ...
३० हजार घुससहित गाउँपालिकाका अधिकृत पक्राउ
कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री घुस रकमसहित पक्राउ परेका छन् । क्षेत्री बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत ३० हजार रुपैयाँ घुसरकमसहित पक्राउ परेका हुन् । क्षेत्री घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन (घुस) मागेको सूचनाको आधारमा क्षेत्रीलाई पक्राउ गरिएको अख्तियार...
हैजाका बिरामीको संख्या ३१ जना पुग्यो
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लो पटक संक्रमण देखिएका हैजाका बिरामीको संख्या ३१ जना पुगेको जनाएको छ । मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकासँगै आसपासका जिल्लामा समेत हैजा बिरामी पुष्टि भएका हुन् । काठमाडौंमा गत असार दुई गते पहिलो पटक हैजा देखिएको थियो । हालसम्म हैजा पुष्टि हुनेहरु चार...
कर्मचारी, सुरक्षाकर्मी र बन्दीलाई भोट हाल्न दिन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले केही महिनापछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई मतदान गर्न दिन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई अस्थायी मतदाता नामावलीको व्यवस्था गरी निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश...
अपांगता भएकी युवती बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बैतडी । बैतडीमा अपांगता भएकी युवती बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–४ की २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा दोगडाकेदार–४ का ५१ वर्षीय गोपीराम चुनारा र ३२ वर्षीय ललित चुनारा रहेका छन्...
सनराइज बैंक हेटौंडाको आयोजनामा मेहेन्दी कार्यक्रम
मकवानपुर । सनराइन बैंकले हेटौंडामा सनराइन मेहेन्दी उत्सव २०७९ कार्यक्रम आयोजना गरिएको छ । “श्रावणमा मेहेन्दीले सजाऔं हात” सनराइज बैंकको साथ भन्ने भावका साथ मेहेन्दी कार्यक्रम गरिएको बैंकले जनाएको छ । हरेक वर्ष श्रावण महिना भर सेवाग्राहीलाई मेहेन्दी कार्यक्रम गर्दै आइरहेको उक्त बैंकले यस वर्षपनि मेहेन्दी कार्यालयको आयोजना गरेको...
मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्लाको जगनाथपुर गाउँपालिका–४ घर भएका २८ वर्षीय नन्दु राम हजारा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, शनिबार जिल्लाको मकवानपुर गढी गाउँपालिका–३ को राम प्रसाद सञ्जेलको घरको छत ढलान गर्ने क्रममा भाईब्रेसन...
नवनिर्वाचित उपसभामुख भुसालले लिइन् सपथ
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छिन् । उपसभामुख भुसालले आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनियताको सपथ लिएकी हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख सपथ गराएका हुन् । सपथ कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु सहभागी...
अष्ट्रेलिया जाँदै प्रधानसेनापति प्रभुराम शर्मा
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाने भएका छन् । प्रधानसेनापति शर्मा यही साउन ९–११ गते सिड्नीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ रिफरेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति अष्ट्रेलिया जान लागेका हुन् । असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको सो भ्रमणलाई स्वीकृत गरिसकेको छ । प्रधानसेनापति शर्मा...










