नवनिर्वाचित उपसभामुख भुसालले लिइन् सपथ

तु खबर संवाददाता
२०७९ श्रावण १, आईतवार १७:२४

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छिन् । उपसभामुख भुसालले आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनियताको सपथ लिएकी हुन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख सपथ गराएका हुन् । सपथ कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु सहभागी रहेका थिए । भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।