हैजाका बिरामीको संख्या ३१ जना पुग्यो

तु खबर संवाददाता
२०७९ श्रावण १, आईतवार १८:५२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लो पटक संक्रमण देखिएका हैजाका बिरामीको संख्या ३१ जना पुगेको जनाएको छ । मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकासँगै आसपासका जिल्लामा समेत हैजा बिरामी पुष्टि भएका हुन् ।

काठमाडौंमा गत असार दुई गते पहिलो पटक हैजा देखिएको थियो । हालसम्म हैजा पुष्टि हुनेहरु चार वर्षदेखि ७४ वर्ष उमेर समूहका रहेका छन् । सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका छन् । यस्तै, ६ जना बालबालिकामा पनि हैजा पुष्टि भएको छ । उनीहरुमध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।