समाचार

थप १३५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११४ तथा एन्टिजेन विधिबाट २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा ४३ जना रहेका...

चालु आवको पहिलो दिन शेयर बजारमा झिनो सुधार

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९/०८० को पहिलो दिन अर्थात साताको पहिलो दिन आज आइतबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । केही महिनायता खस्किँदै गएको शेयर बजारमा आज झिनो अंकले बढ्न पुगेको हो । आज नेप्से परिसूचक १.९३ अंकले बढेर २०११ को विन्दुमा कायम हुन पुुगेको छ...

दुर्घटनामा परेर ७ जनाको मृत्यु

काठमाडौं । काठमाडौं, चितवन, तनहुँ, बारा र नुवाकोटका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकमा बा.५ ख २८७२ नम्बरको बस र बा ७० प ६१२८ नम्बरको मोटरसाइकल शनिबार एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

एसईई परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल यही साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार, गत बैशाख ९ गतेदेखि २० गतेसम्म संचालन भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक...

रोटरी क्लब अफ मकवानपुरको अध्यक्षमा कार्की

मकवानपुर । रोटरी क्लब अफ मकवानपुर अध्यक्ष कृष्णबहादुर कार्की चयन भएका छन् । रोटरीको आठौं पदस्थापन कार्यक्रमबाट उनलाई संस्थाका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले चेन हस्तान्तरण गर्दै एकवर्षे कार्यकालका लागि अध्यक्षमा पदास्थापित गरेका हुन् । अध्यक्षमा पदास्थपित भएसँगै कार्कीले विभिन्न पदमा समेत मनोनित गरेका छन् । उपाध्यक्षमा अञ्जनीकुमार पराजुली, सचिव...

प्रचण्डले आज भाजपा अध्यक्षलाई भेट्ने

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज सत्तारुढ भाजपाका अध्यक्षलाई भेट्ने भएका छन् । उनले आज सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ । भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन् । यस्तै, भोेली आइतबार अपराह्न प्रधानमन्त्री...

मकवानपुरका थिङ प्रहरीको फन्दामा

मकवानपुर । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले शनिबार लागूऔषध गाँजाको धुलोसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ बस्ने ४० वर्षीय दुतराज थिङ रहेका छन् । उनलाई नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । धादिङ माधबबेसिबाट काठमाडौंतर्फ आउँदै गरेको...

राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २९ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निस्कासन गरेको आईपीओमा बाँकी रहेको ३७ हजार ६२३...

आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको...

आज साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि...