प्रचण्डले आज भाजपा अध्यक्षलाई भेट्ने
काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज सत्तारुढ भाजपाका अध्यक्षलाई भेट्ने भएका छन् । उनले आज सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ ।
भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन् । यस्तै, भोेली आइतबार अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ । सोही दिन उनी स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
