एसईई परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल यही साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।
बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार, गत बैशाख ९ गतेदेखि २० गतेसम्म संचालन भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको हो ।
अहिले त्रुटि सच्याउने लगायतका प्राविधिक काम भइरहेको उनको भनाई छ । यस वर्ष देशभरका २ हजार ७ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ९ सय ७७ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।
