समाचार
उच्च अदालत पाटन हेटौंडा इजलासले गर्यो १२८४ मुद्धाको फैसला
मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासमा चालु आर्थिक वर्षमा १ हजार २ सय ८४ वटा मुद्धाको फैसला भएको छ । शुक्रबार अदालतले पत्रकारहरुसंग अन्तरक्रिया गर्दै यस विषयमा जानकारी गराएको हो । आर्थिक वर्ष २०७८/०७९ मा अनुमानित वार्षिक फछ्र्यौट लक्ष्य १ हजार १९४ रहेकोमा १२ सय ८४ वटा मुद्धा...
प्रतिनिधिसभाको बैठक साउन ४ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सकिएको घोषणा गर्दै अर्को बैठक साउन ४ गते बिहान ११ बजे बस्ने जानकारी दिएका हुन् । आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाल नागरिकता संशोधन विधेयक २०७९ माथि सैद्धान्तिक छलफल समाप्त भएको छ...
थप २२९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप २९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८१८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ६४४ जनाको पीसीआर परीक्षण गर्दा १६१ जना...
प्रतिनिधिसभाको उपसभामुखमा भुसाल निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छिन् । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी भुसाल १४८ मतसहिच उपसभापति पदमा निर्वाचित भएकी हुन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् । भुसालको उम्मेदवारीको प्रस्तावक...
उपसभामुख चयनका लागि संसदमा मतदान सुरु
काठमाडौं । उपसभामुख चयनका लागि संसदमा मतदान सुरु भएको छ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको उक्त पदमा आज मतदान भएको हो । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराईले उम्मेदवारी दिएका छन् । भुसाल पाँच...
ट्रकको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७ वर्षीय विमल परियार रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार, शुक्रबार बिहान पौने ८ बजे ना ३ ख ८०४२ नम्बरको ट्रकले बाटो पार गर्दै गरेका बालकलाई ठक्कर दिएको...
सर्वोच्चद्वारा विश्वराज पोखरेलको रिट खारेज
काठमाडौं । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । प्रहरी महानिरीक्षकमा धिराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध पोखरेलले हालेको रिट सर्वोच्च अदालतले खारेज गरेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले...
प्रतिनिधिसभाको दोस्रो बैठक जारी
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको हो । शुक्रबार बसेको पहिलो बैठकले नेपाल नागरिकता (पहिले संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । यसपछि फेरि शुक्रबार नै बसेको दोस्रो बैठक जारी छ । उक्त बैठक...
गोरुको मासुसहित तीन जना पक्राउ
चितवन । चितवन प्रहरीले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे रहेका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ह...
मन्त्रीपरिषद् बैठक : नेपाल आयल निगमलाई रकम उपलब्ध गराउने निर्णय
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै, बैठकले सुशासन विधेयक पारित गर्ने र सुशासन आयोग गठन गर्ने निर्णय पनि गरेको छ । बैठकले...










