समाचार
शुक्रबार शेयर बजारमा सामान्य सुधार
काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन आज (शुक्रबार) नेप्सेमा सामान्य सुधार आएको छ । आज नेप्से झिनो अंकले बढेर कारोबार बन्द हुन पुगेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१...
बागमती नदीमा २ बालकको शव फेला
रौतहट । रौतहटको बागमती नदीमा दुई जना बालकको शव फेला परेको छ । उक्त शव जिल्लाको दुर्गाभगवती गाँउपालिका वडा नम्वर ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नम्वर २ भलोहियाका १३ वर्षीय आदित्य दासको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार, बिहीबार दिउँसोदेखि हराएका बालकको...
मोरङ कारागारमा फैलियो कोरोना, एक जनाको मृत्यु
विराटनगर । जिल्ला कारागार मोरङमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको हो । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेकामध्ये एक जनाको बिहीबार नै मृत्यु भएको कारागार स्रोतले जनाएको छ । अन्यको...
मकवानपुर क्याम्पसका संस्थापक प्रमुखको प्रतिमा अनावरण
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक प्रमुख स्वर्गीय मुकुन्द दास श्रेष्ठको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । श्रेष्ठको प्रतिमा बिहीबार क्याम्पस सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले संयुक्त रुपमा अनावरण गरेका हुन् । २०३७ सालमा स्वीकृत पाई २०३८ सालबाट पठनपाठन सुरु भएको क्याम्पसको स्थापनाकालदेखिनै स्वर्गीय श्रेष्ठले क्याम्पस प्रमुखको रुपमा काम...
नारायणी कलेजको प्रमुखमा बास्तोला नियुक्त
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० भुटनदेवी रोडमा अवस्थित नारायणी कलेज तथा तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालयको क्याम्पस प्रमुख तथा प्रिन्सिपलमा किशन बास्तोला नियुक्त भएका छन् । शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका बास्तोला गुरु पुर्णीमाका दिन एक औपचारिक कार्यक्रमकाबीच नियुक्त भएका छन् । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा प्याब्सन...
नालीमा भेटियो युवकको शव
गोरखा । गोरखा बजारस्थित खोलखोले नजिकै एक युवकको शव फेला परेको छ । उक्त शव गोरखा नगरपालिका वडा नम्वर ८ आहालेका २१ वर्षीय अनिष मगरको रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । नालीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चोटपटक लागेको देखिएकोले उनीमाथि कसैले कुटपिट गरेको...
माओवादी अध्यक्ष प्रचण्ड भारत जाँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन् । अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका हुन् । भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ...
चितुवाको आक्रमणबाट एकै परिवारका पाँच जना घाइते
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्वर ८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाको आक्रमणबाट एकै परिवारका पाँच जना घाइते भएका हुन् । गएराती १ बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको...
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बाह्रौं अधिवेशनको ३७ औँ बैठक बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा विभिन्न विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । बैठकमा वामदेव गौतमले दिगो...
सुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गएराति टाटा सुमोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ७७९१ नम्वरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको...









