समाचार
हेटौंडामा धार्मिक साइकलयात्रा
मकवानपुर । हिमालयन राइर्डस सोसाईटी हेटौंडाले आज शनिबार बिहान धार्मिक साइकलयात्रा कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा आसपासमा रहेर ओझेलमा परेका मठमन्दिरलाई साइकलको माध्यमबाट उजागर गर्ने उद्देश्य र साइकलमैत्री सहर बनाउने लक्ष्यका साथ कोरा राइड अर्थात धार्मिक साइकलयात्राको आयोजना गरेको सो साइटीका सचिव राजु थापा मगरले जानकारी दिए ।...
आफ्नै घरमा जलेर वृद्धको मृत्यु
भक्तपुर । भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ । जिल्लाको चाँगुनारायण नगरपालिका–२ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तीन तल्ले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा उनको शव भेटिएको हो । घरको भुइँतलामा वृद्ध एक्लै...
विद्यालयलाई जग्गा दान
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरका ८१ वर्षीय मित्रबहादुर पुडासैनी र हेटौंडा ३ बसामाडीका ६८ वर्षीय मीन बहादुर पुडासैनीले विद्यालयलाई जग्गा दान गरेका छन् । उनीहरुले इन्द्रसरोबर गाउँपालिका वडा नम्वर– २ मा रहेको श्री पन्चकन्या माध्यामिक विद्यालयका लागि सयुक्त रुपमा ७ आना जग्गा दान गरेका हुन् ।...
८४ बर्षीय शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु
भक्तपुर । भक्तपुरमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर २ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकार आफ्नै घरमा मृत फेला परेका हुन् । उनको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको...
अनेरास्ववियु उपमहानगरपालिका कमिटीमा नवराज पौडेल
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा उपमहानगरपालिका कमिटीमा नवराज पौडेल चयन भएका छन् । कमिटीको शुक्रबार भएको प्रथम सम्मेलनबाट पौडेलको नेतृत्वमा ३७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा सिद्धान्त पुडासैनी, सचिवमा सागर गौतम, सहसचिवहरुमा मिलन गोङ्वा, प्रकृति अर्याल, आदर्श पौडेल र कोषाध्यक्षमा सन्देश...
शिक्षा विकास निर्देशनालयद्वारा शिक्षकलाई ल्यापटप
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित श्रमिक माध्यामिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशबाट प्राप्त भएको ल्यापटप शुक्रबार एक कार्यक्रमबीच विद्यालयका १२ जना शिक्षकलाई वितरण गरिएको हो । पहिलो चरणमा १२ जना शिक्षकलाई एक शिक्षक एक ल्यापटप अभियानका साथ निर्देशनालयबाट प्राप्त...
चट्याङ लागेर एक बालकको मृत्यु
दाङ । दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका-१९ खानीगाउँका १५ वर्षीय बालक शंकर विकको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, घर नजिकै गोरु चराउन गएका बिकको शुक्रबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । उक्त...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहनुका साथै प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । यस्तै, आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्यत बदली रहनेछ । देशभरका पहाडी भू–भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि...
कांंग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो । आजको बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले र केही पदाधिकारीले जवाफ दिने...
सञ्चार रजिष्ट्रारको अधिकार कटौती गर्ने संशोधन विधेयक अस्वीकृत
मकवानपुर । प्रदेश मामिला समिति बागमतीले सञ्चार रजिष्ट्रारको अधिकार कटौती नगर्ने गरी प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधन गर्न बनेको बिधेयकलाई प्रदेशसभामा पेश गर्न सिफारिस गरेको छ । सञ्चार रजिष्ट्रारले प्रयोग गर्दै आएको अधिकार कटौती गरी कर्मचारीलाई सह रजिष्ट्रार बनाएर अधिकार केन्द्रित गरेर आन्तरिक मामिला तथा कानून मन्त्रालयले...










