आफ्नै घरमा जलेर वृद्धको मृत्यु

तु खबर संवाददाता
२०७९ असार ३२, शनिबार १५:४५

भक्तपुर । भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ । जिल्लाको चाँगुनारायण नगरपालिका–२ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, तीन तल्ले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा उनको शव भेटिएको हो । घरको भुइँतलामा वृद्ध एक्लै बस्थे भने उनका छोरा बुहारी माथिल्लो तल्लामा बस्थे । वृद्धको मृत्युको कारण भने खुलेको छैन । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।