समाचार
क्रिप्टोकरेन्सी कारोबारको आशङ्कामा ‘हाइप्रोफाइल’ पक्राउ
काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना ‘हाइप्रोफाइल’ लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका अमित श्रेष्ठ रहेका छन् । प्रहरीले श्रेष्ठलाई क्रिप्टोकरेन्सीमार्फत करोडौंको अवैध कारोबार गरेको आरोपमा पक्राउ गरेको हो । उनलाई लाजिम्पाटबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण...
कांग्रेस बैठक : प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले बैठकलाई सम्बोधन गर्दै यस्तो माग राखेका हुन् । ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन् । धर्मान्तरणका कुराहरु पनि त्यतिकै आएका छन् । यी सबै कुराहरुलाई रोक्न वैदिक सनातन धर्मको...
३ जनाको शव फेला
काठमाडौं । दाङ, झापा र सुर्खेतमा तीन जनाको शव फेला परेका छन् । दाङको लमही नगरपालिका–३ टिकुलीगढ बस्ने ६० वर्षीय टिकाराम चौधरी सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै, झापाको शिवसताक्षी नगरपालिका–११ स्थित पानी ट्यांकी जाने बाटोको जंगल नजिक चौतारीमा सोही नगरपालिका–८ बस्ने ५५ वर्षीय...
नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयको बैठकले उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो । सिफारिसअनुसार देवेन्द्रबहादुर पाल एक नम्बरमा बढुवा सिफारिस भएका छन् भने ३६ औं नम्बरमा मोहन कुमार थापाको नाम रहेको छ । हुर्नुहोस् नामावली ।
नेप्से परिसूचक ५९ अंकले बढ्यो
काठमाडौं । आज साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९ दशमलव ५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ । यसअद्दि मंगलबार ११ दशमलव ६८ अंकले बढेको १९२७ दशमलव २८ बिन्दुमा रोकिएको थियो । आज २२५ सूचीकृत कमपनीको ५७ लाख ८७ हजार १२६ कित्ता...
बागमती प्रदेशसभा बैठक : ५ अध्यादेश पारित
मकवानपुर । बागमती प्रदेशसभाको आज बुधबार बसेको बैठकले ५ वटा अध्यादेश पारित गरेको छ । बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन, २०७६...
दुर्घटनामा परेर एक जनाको मृत्यु
कैलाली । कैलालीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गएराति गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा सु.प.प्र. ०१–००९ प ७८९१ र से ७ प ११४७ नम्वरको मोटरसाइकल र से ७ प ११४७ नम्वरको मोटरसाइकल एकासपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले...
आजको प्रदेशसभा बैठकमा एमालेका अधिकांश सांसद् अनुपस्थित हुने
मकवानपुर । आज बुधबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अधिकांश सांसदहरु अनुपस्थित हुने भएका छन् । पूर्व निर्धारित कार्यतालिका अनुसार, पार्टीको आन्तरिक कार्यक्रम र बैठक राखिएकाले प्रदेशसभाको बैठकमा एमालेका सांसदहरु अनुपस्थित हुने भएका हुन् । एमालेले आधिकारिक रुपमा संसद् बैठक बहिस्कार नगरेको तर, बहुमत सांसदहरु पार्टीको बैठक...
सुक्खा पहिरोका कारण बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध
पाल्पा । सुक्खा पहिरोका कारण बुटवल–पाल्पा सडकखण्डमा यातायात अवरुद्ध भएको छ । उक्त सडकखण्ड अन्तरगत सिद्धबाबा नजिकै ढुङ्गासहितको पहिरो झरेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा हुँदै पोखरा जाने तथा उताबाट बुटवल आउने सवारी साधन...
बागमती प्रदेशसभा बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको चालु दशौं अधिवेशनको २५ औं बैठक आज बस्दैछ । गत असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । आजको बैठकमा प्रदेश सरकारद्वारा...









