समाचार

महालक्ष्मी बैंकले दियो छात्रबृत्ति

मकवानपुर । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रबृत्ति प्रदान गरेको छ । बैंकले स्व. अशोक श्रेष्ठ महालक्ष्मी मेरिट छात्रबृत्ति हेटौंडा–१ स्थित अमर माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा सुमिना भोम्जनलाई प्रदान गरेको हो । बैंकले एक कार्यक्रमबीच छात्रबृत्ति बापतको रकम ५० हजार रुपैयाँ भोम्जनलाई हस्तान्तरण...

बुद्धिचाल संघको महासचिवमा मकवानपुरका लामा

काठमाडौं । नेपाल बुद्धिचाल संघको महासचिवमा मकवानपुरका धरम लामा निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न संघको सातौं साधारणसभाबाट महासचिवमा लामा निर्वाचित भएका हुन् । यस्तै, अध्यक्षमा इलामका विदुरप्रसाद गौतम निर्वाचित भएका छन् । २२ सदस्यीय राष्ट्रिय समितिमा उपाध्यक्ष र खुला सदस्यका लागि मात्रै निर्वाचन भएको थियो । वरिष्ठ...

इन्द्रेणी मसरुम फार्मले आईपीओ बिक्री गर्ने

काठमाडौं । इन्द्रेणी मसरुम फार्मले सर्वसाधारणहरुमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धककोरूपमा मुक्तिनाथलाई नियुक्त गरेको हो । उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मका अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ...

मंगलबार शेयरबजारमा सुधार

काठमाडौं । आज मंगलबार साताको तेस्रो दिन शेयरबजारमा सुधार आएको छ । पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेको सेयर बजारमा आज सामान्य सुधार आएको हो । मंगलबार ११ दशमलव ६८ अंकले बढेको बजार १९२७ दशमलव २८ बिन्दुमा रोकिएको छ । कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट...

एसिड नियमनसम्बन्धी विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको मंगलबारको बैठकले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नका जवाफ दिँदै उनले तेजाब तथा घातक रासायनिक...

हेटौंडाका मानन्धर र मगर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा १० प्रकाश होटेल अगाडिबाट प्रहरीले लागूऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–२ पुरानो मकवानपुर बस्ने ४८ वर्षीय उज्वल मानन्धर र सोही उपमहानगरपालिका–१० राम मन्दिर बस्ने ३६ वर्षीय रंजित आले मगर रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय...

युवकमाथि छुरा प्रहार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले काठमाडौंबाठ एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१४ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने २५ वर्षीय राजन श्रेष्ठलाई छुरा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी नगरपालिका–४ घर...

एकैदिन थपिए १७७ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप १७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार १२६ जनाको नुमना परीक्षण गर्दा १७७ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना...

हेटौंडा–१५ को बजेट बाँडफाँड

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ ले बजेट बाँडफाँड गरेको छ । उपमहानगरपालिकाले वडा कार्यालयको सिलिङ तोकेर पठाएको बजेटलाई सर्वदलीय बैठक बसेर बाँडफाँड गरिएको हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए । उपमहानगरपालिले वडालाई सिलीङ पठाएको बजेटमा २ करोड १० लाख बजेट सर्वदलीय बैठकबाट छुट्याएको वडाध्यक्ष मोक्तानले बताए...

थाहा नगरको जनकल्याण माविले शैक्षिक मेलाको आयोजना गर्ने

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको जनकल्याण माविले ‘प्रथम जनकल्याण शैक्षिक मेला–२०७९’ आयोजना गर्ने भएको छ । जनकल्याण माविको व्यवस्थापनमा थाहा नगरभित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यसहित उक्त मेला आयोजना गर्न लागेको विद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले जानकारी दिए । प्रधानाध्यापक कार्कीले यही असार ३० र ३१...