समाचार
राप्रपा मकवानपुरले असार ३१ गते हेटौंडा उपमहानगपालिकामा धर्ना दिने
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडा उपहानगरपालिका कार्यालयमा धर्ना दिने भएको छ । राप्रपा मकवानपुरले रोखेको विभिन्न मागहरु कार्यान्वयन गराउन दबाब स्वरुप असार ३१ गते शान्तिपूर्ण धर्ना दिने भएको जनाएको छ । राप्रपा मकवानपुरले यसअघि हेटौंडा उपमहानगरपालिकालाई बुझाएको ६ बुँदे ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा हेटौंडा–४ मा...
५४ लाख ३६ हजार रुपैयाँको कपडा र चिनी बरामद
नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्वबाट प्रहरीले अवैध लत्ताकपडा र चिनी बरामद गरेको छ । प्रहरीले सोमबार मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा एक हजार ९१७ थान सर्ट र ४१८ बोरा चिनी बरामद गरेको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ल २ ख ६३७ नम्वरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा...
बागलुङमा डेंगुका बिरामी फेला
गलकोट । बागलुङमा डेंगीका बिरामी फेला परेको छ । गर्मी बढेसँगै डेंगीको बिरामी फेला पर्न थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण जिल्लाका दुई जनामा भेटिएको हो । धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगी पुष्टि भएको अस्पतालले जनाएको...
भारी वर्षा र बाढीका कारण भारतको गुजरातमा ६३ जनाको मृत्यु
काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा पछिल्लो २४ घण्टामा ६३ जनाको मृत्यु भएको छ । बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्याएको छ । ८ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । मध्य प्रदेश र कर्नाटकमा...
रुखमा झुण्डिएको अवस्थामा २ जनाको शव फेला
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । उक्त शव काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरु शव सनाखत...
राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले ११ महिनाको तथ्यांक आज सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु ३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पुर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, आज बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको साथै प्रदेश...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक पार्टी मुख्यालय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भएको हो । सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन ७ वटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो...
प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डका लागि मकवानपुरका ३ खेलाडी छनोट
मकवानपुर । भोलि मंगलबारबाट सुर हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि खेलाडीको टुंगाो लागेको छ । काठमाडौंको दशरथ रंगशालामा संचालन भएको प्रतियोगितामा प्रदेशस्तरीय खेल्ने खेलाडीको टुंगो लागेको छ । प्रदेशस्तरीय प्रतियोगिताका लागि मकवानपुरका तीन जना खेलाडीहरु छनोट भएका छन् । प्रतियोगिताको लागि दुई जना दौडमा र एक जना ज्याबलिङ...
‘लिखित सहमति हुँदा पनि मलाई मुख्यमन्त्री बन्नबाट किन रोकियो ?’
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आफूलाई मुख्यमन्त्री बन्नबाट रोकेको भन्दै गुनासो गरेका छन् । सोमबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो प्रदेशबाट स्थानीय तह निर्वाचनको प्रतिवेदन पेस गर्दै उनले गठबन्धनभित्र ६/६ महिनामा मुख्यमन्त्री फेरिने गरी लिखित सहमति भएको भएपनि त्यो कार्यान्वयन...








