भारी वर्षा र बाढीका कारण भारतको गुजरातमा ६३ जनाको मृत्यु
२०७९ असार २८, मंगलवार ०९:२०
काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा पछिल्लो २४ घण्टामा ६३ जनाको मृत्यु भएको छ ।
बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्याएको छ । ८ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन कष्टकर बनेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतको मौसम विज्ञान विभागले मंगलबार पनि उत्तराखण्ड र केरलामा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ ।
