समाचार

हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका–१३ का २७ वर्षीय सन्तोष साह कलवार र धनुषा महेन्द्रनगर–२ घर भई हाल हेटौंडा–४ स्थित बाईपास रोडमा मुन्ना साईकल स्टोरका संचालक ३७ वर्षीय मुन्ना भन्ने अमन प्रसाद जैसवाल रहेका छन् । आइतबार पूर्व–पश्चिम राजमार्ग...

ट्रकको ठक्करबाट गुरुङको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १ पोखरा बसपार्क नजिकै आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको...

कारको ठक्करबाट पैदलयात्रुको मृत्यु

दाङ । दाङमा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्वर १० जलौराचोकमा कारको ठक्करबाट स्थानीय २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, नारायणपुरबाट पूर्व घोराहीतर्फ जाँदै गरेको बा ०१ –०२५ च ७७६४ नम्वरको कारले ठक्कर...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज सोमबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्...

बागमती प्रदेशमा हालसम्म ४३ प्रतिशत रोपाइँ सकियो

मकवानपुर । बागमती प्रदेशमा हालसम्म ४३ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार, प्रदेशका १३ जिल्लामा कुल क्षेत्रफलको ४३ प्रतिशत अर्थात ५१ हजार ३ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको हो । वर्षा र रासायनिक मल अभावका कारण प्रदेशमा पर्याप्त मात्रामा धान रोपाई...

वन विज्ञान अध्ययन संस्थानलाई सहयोग गर्न तयार : मेयर लामा

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले वन विज्ञान अध्ययन संस्थानको विकास र संरक्षणको लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी थप सुदृढ गर्नुपर्ने बताएकी छिन् । मेयर लामाले त्रिभुवन विश्वविद्यालयको ६३ औं वार्षिक उत्सवको अबसरमा वन विज्ञान अध्ययन संस्थानले आयोजना गरेको सम्मान कार्यक्रमको उद्घाटन गर्दै सो कुरा...

झुण्डिएको अवस्थामा भेटियो पुरुषको शव

चितवन । पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा आज बिहान झुण्डिएको अवस्थामा एक पुरूष मृत फेला परेका छन् । पुलको पिल्लरमा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, उक्त शव बिहान सवा ६ बजे फेला परेको हो...

श्वेतगंगा हाइड्रोपावरको आईपीओ साउन ४ गतेदेखि निष्कासन हुने

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) साउन ४ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकति मूल्यमा आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रूपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ जारी...

आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार, दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । बागमती र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै, राति प्रदेश १, गण्डकी...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सोमबारदेखि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा रहेका कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, स्थानीय तह निर्वाचन २०७९ को समीक्षा आउँदो...