समाचार
जसपा : बाबुराम पक्षको बैठक असार २८ र २९ गते बस्ने
काठमाडौं । जसपा समाजवादी पार्टी, नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक यही असार २८ र २९ गते बैठक बस्ने भएको छ । यसअघि २९ र ३० गते बस्ने तय भएको बैठक एक दिन अघि नै सारिएको हो । छलफल हुने विभिन्न एजेण्डाहरु तय गरी बैठकको सूचना सबै...
बस मर्मत गर्ने क्रममा किचेर नेपालीको मृत्यु
चितवन । चितवनमा बस मर्मत गर्ने क्रममा सोही बसले किचेर आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ का २१ वर्षीय सुरज नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना ५ ख ९६७ नम्वरको बस...
आइतबार १२१ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप १२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार ४५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना...
विद्यार्थीमाथि यौन दुर्व्यवहार प्रकरणः ‘चुनाव हारेको चोटमा वडाध्यक्ष फसाउन खोजियो’
मकवानपुर । नेपाली कांग्रेस कैलाश गाउँपालिका कार्यसमितिले आफ्नो पार्टीबाट निर्वाचित वडाध्यक्षलाई यौन दुर्व्यवहारको आरोप लगाएर फसाउन खोजिएको आरोप लगाएको छ । राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेल्न हेटौंडा आएका एक विद्यार्थीलाई कैलाशका एक वडाध्यक्षले यौन दुर्व्यवहार गरेको भन्दै समाचार बाहिरिएपछि कांग्रेसले यस्तो बताएको हो । शनिबार हेटौंडामा पत्रकार सम्मेलन...
आजबाट प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड सुरु हुने
मकवानपुर । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज आइतबारबाट सुरु हुने भएको छ । प्रतियोगिता काठमाडौँको दशरथ रंगशालामा हुने भएको हो । प्रतियोगितामा सहभागी जनाउन मकवानपुरका खेलाडीहरु शनिबार काठमाडौं पुगिसकेका छन् । प्रदेशस्तरीय प्रतियोगितामा सहभागी जनाउन मकवानपुरका ८५ जना खेलाडी, कोचसहितको टोली शनिबार काठमाडौँ पुगिसकेको जिल्ला खेलकुद विकास समिति...
मकवानपुरगढीमा भलिबल संघ गठन, अध्यक्षमा अधिकारी
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा पालिकास्तरीय भलिबल संघ गठन गरिएको छ । शनिबार राजेश अधिकारीको अध्यक्षतामा ११ सदस्यीय मकवानपुरगढी गाउँपालिका भलिबल संघ गठन गरिएको हो । संघको उपाध्यक्षमा राजन चौलागाई, सचिवमा सिंह बहादुर योञ्जन, कोषाध्यक्षमा अजय योञ्जन सर्वसम्मत चयन भएका छन् । यस्तै, सदस्यहरुमा क्रमशः बालकृष्ण घिमिरे, जीवन बिष्ट, सन्देश...
नदी किनारामा बालकको शव फेला
कैलाली । कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी ७ वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको...
दुर्घटनामा परेर एक जनाको मृत्यु
झापा । झापाको विर्तामोड शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनाल रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । प्रहरीले दुर्घटना स्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको रहेको जनाएको हो । खनाल सवार बा...
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहनुका साथे गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा सामान्यतादेखि पूर्ण बदली रही देशको बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । यस्तै,आइतबार दिउँसोे देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका...
राष्ट्रपति भण्डारीले दिइन् बकर ईदको शुभकामना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अज्हा (बकर ईद) को शुभकामना दिएकी छिन् । राष्ट्रपति भण्डारीले आइतबार एक सूचना जारी गर्दै मुस्लिम धर्मालम्बीहरुको सुख, शान्ति तथा समृद्धिको कामना गरेकी हुन् । राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता,...








