समाचार
हेटौंडाका अमुगाई मृत अवस्थामा फेला
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ स्थित एक घरको कोठामा अन्दाजी ३५ बर्षीय एक युवक मृत अवस्थामा फेला परेका छन् । राति सुतेकै ठाउँमा युवक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत अवस्थामा भेटिएका युवक हेटौंडा- २ घर भएका समाज अमुगाई रहेको जनाइएको छ ।...
५० हजार घुससहित इञ्जिनियर पक्राउ
दाङ । रोल्पामा एक इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गंगादेव गाउँपालिकाका इञ्जिनियर नवीन डाँगी रहेका छन् । डाँगी शुक्रबार दिउँसो पक्राउ परेका हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले वलीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । अख्तियारले जारी...
पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग चार घण्टापछि खुल्यो
तनहुँ । पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार बिहान आएको पहिरोका कारण अवरुद्ध यातायात सचालनमा आएको छ । बिहान करिब ४ बजेदेखि पहिरोका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएर करिब चार घण्टापछि संचालनमा ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पहिरोका कारण पूर्णरुपमा अवरुद्ध राजमार्ग डोजरका सहायताले...
जम्मु कश्मीरको अमरनाथमा आँधी, १६ जनाको मृत्यु
काठमाडौं । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार साँझ अकस्मात आँधी र वर्षा १६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनँएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । र्षापछि अर्को...
यस्तो रहेनछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहनुका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको हो । बैठकमा नवनियुक्त स्थायी कमिटीका अधिकांश सदस्य सहभागी भएका छन् । बैठकमा पार्टीको केन्द्रीय कमिटी बैठकको समीक्षा हुनुका साथै पोलिटब्युरो चयनमा देखिएको विवादबारे छलफल हुने बताइएको छ । पदाधिकारी चयनबारे पनि...
नगर प्रमुख कलवारद्वारा ‘बज्जिका भाषा र मिडिया’ विमोचन
मकवानपुर । पत्रकार एवम् साहित्यकार द्वय सञ्जय साह र गिरिजा अधिकारीद्वारा लिखित बज्जिका भाषा र मिडिया नामक पुस्तक विमोचन गरिएको छ । बज्जिका साहित्य संगम रौतहटको आयोजनामा शुक्रबार गरुडामा आयोजित प्रतिभा सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवारले सो पुस्तक विमोचन गरेका हुन् । मेयर...
दिगो विकास सहयोगको रुपरेखा सम्बन्धी प्रदेश स्तरीय परामर्श गोष्ठी
मकवानपुर । हेटौंडामा संयुक्त राष्ट्र संघीय दिगो विकास सहयोगको रुपरेखा सम्बन्धी पन्च वर्षीय तर्जुमाका लागि प्रदेश स्तरीय परामर्श गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी आज शुक्रबार प्रदेश नीति तथा योजना आयोगको आयोजनामा तथा संयुक्त राष्ट्र संघ नेपालको सहयोगमा भएको हो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष...
राप्रपा मकवानपुरद्वारा जिल्ला प्रशासनमा धर्ना
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले विभिन्न माग गर्दै आज शुक्रबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । राप्रपा मकवानपुरले पेट्रोलिय पदार्थ, बेरोजगार, भ्रष्टाचार एवम् मुल्यवृद्धिलगायत विभिन्न समस्या समाधानको माग गर्दै प्रशासनमा धर्ना दिएको जनाएको छ । राप्रपा मकवानपुरका सचिव सागर थापाका अनुसार, अपराह्न १ घण्टामा प्रशानमा धर्ना...
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३१ जना घाइते
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । शुक्रबार खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । मृत्यु...








