पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग चार घण्टापछि खुल्यो

तु खबर संवाददाता
२०७९ असार २५, शनिबार १०:२५

तनहुँ । पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार बिहान आएको पहिरोका कारण अवरुद्ध यातायात सचालनमा आएको छ । बिहान करिब ४ बजेदेखि पहिरोका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएर करिब चार घण्टापछि संचालनमा ल्याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पहिरोका कारण पूर्णरुपमा अवरुद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो । चार वटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाधरुपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको जनाइएको छ ।