नदी किनारामा बालकको शव फेला
कैलाली । कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी ७ वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको छ ।
