आजबाट प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड सुरु हुने

तु खबर संवाददाता
२०७९ असार २६, आईतवार १०:३४

मकवानपुर । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज आइतबारबाट सुरु हुने भएको छ । प्रतियोगिता काठमाडौँको दशरथ रंगशालामा हुने भएको हो । प्रतियोगितामा सहभागी जनाउन मकवानपुरका खेलाडीहरु शनिबार काठमाडौं पुगिसकेका छन् ।

प्रदेशस्तरीय प्रतियोगितामा सहभागी जनाउन मकवानपुरका ८५ जना खेलाडी, कोचसहितको टोली शनिबार काठमाडौँ पुगिसकेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहालले जानकारी दिए । प्रतियोगिता आइतबार र सोमबार गरी दुई दिन संचालन हुनेछ ।