झुण्डिएको अवस्थामा भेटियो पुरुषको शव
चितवन । पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा आज बिहान झुण्डिएको अवस्थामा एक पुरूष मृत फेला परेका छन् । पुलको पिल्लरमा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त शव बिहान सवा ६ बजे फेला परेको हो । उनको नाम, थर, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
