ट्रकको ठक्करबाट गुरुङको मृत्यु

तु खबर संवाददाता
२०७९ असार २७, सोमबार १५:१३
सांकेतिक तस्वीर

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १ पोखरा बसपार्क नजिकै आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ८४९७ नम्वरको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना २६ प ४८५१ नंको स्कुटरलाई ठक्कर दिँदा गुरुङ गम्भीर घाइते भएका थिए । घाइते उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा परेर स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । मतक गुरुङ स्कुटर सवार हुन् । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिक्षर्् घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।