आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना
२०७९ असार २७, सोमबार ०८:५२
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार, दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । बागमती र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै, राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा र सुदूरपश्चिम र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
