युवकमाथि छुरा प्रहार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले काठमाडौंबाठ एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१४ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने २५ वर्षीय राजन श्रेष्ठलाई छुरा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी नगरपालिका–४ घर भई कागेश्वरी मनोहरा नगरपालिका–५ थली बस्ने २७ वर्षीय दीपेश शाक्य रहेका छन् । उनलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट २४ सेन्टिमिटरको छुरा र छुरा लुकाइएको सिरानीको खोल बरामद गरेको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते उनलाई तत्कालै प्रहरी बृत्त बौद्धबाट प्रहरी अधिकृतसहितको प्रहरी टोलीले अस्पताल पुर्याएको छ । पक्राउ परेका उनीमाथि ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
