बुद्धिचाल संघको महासचिवमा मकवानपुरका लामा

तु खबर संवाददाता
२०७९ असार २८, मंगलवार १७:२२

काठमाडौं । नेपाल बुद्धिचाल संघको महासचिवमा मकवानपुरका धरम लामा निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न संघको सातौं साधारणसभाबाट महासचिवमा लामा निर्वाचित भएका हुन् ।

यस्तै, अध्यक्षमा इलामका विदुरप्रसाद गौतम निर्वाचित भएका छन् । २२ सदस्यीय राष्ट्रिय समितिमा उपाध्यक्ष र खुला सदस्यका लागि मात्रै निर्वाचन भएको थियो । वरिष्ठ उपाध्यक्षमा मोरङका राजेन्द्रप्रसाद रिजाल, उपाध्यक्षमा कैलालीका धनबहादुर बोगटी, रुकुमपूर्वका सुवोध राज शेर्पाली र काठमाडौंका नारायण दास गमाल निर्वाचित भएका छन् ।

यस्तै, सचिवमा खोटाङकी मोनालिसा खम्बु, दोलखाका उमेश केसी र झापाका भुपेन्द्र निरौला निर्वाचित भएका छन् भने कोषाध्यक्षमा काठमाडौंका ज्ञानेन्द्र महर्जन, सह–कोषाध्यक्षमा काभ्रेका यज्ञप्रसाद पन्त निर्वाचित भएका छन् ।

यसैगरी, खुला सदस्यतर्फ झापाका कृष्णप्रसाद सिग्देल, काठमाडौंका प्रविणबहादुर भँडेल र पर्साका रामकिशोर सिंह, महिला सदस्यमा चितवनकी पार्वती श्रेष्ठ, १ नम्बर प्रदेशबाट दिपेन राई, मधेश प्रदेशबाट सुरेन्द्र कुमार साह, बागमती प्रदेशबाट निरन्जन प्रजापति, गण्डकी प्रदेशबाट महेश अधिकारी, लुम्बिनी प्रदेशबाट चन्द्रमणि गैरे, कर्णाली प्रदेशबाट शक्तिराम बुढा, सुदुरपश्चिम प्रदेशबाट गोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।