मंगलबार शेयरबजारमा सुधार

तु खबर संवाददाता
२०७९ असार २८,मंगलवार १७:०३
file-photo

काठमाडौं । आज मंगलबार साताको तेस्रो दिन शेयरबजारमा सुधार आएको छ । पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेको सेयर बजारमा आज सामान्य सुधार आएको हो । मंगलबार ११ दशमलव ६८ अंकले बढेको बजार १९२७ दशमलव २८ बिन्दुमा रोकिएको छ ।

कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा समेत सोमबारको तुलनामा वृद्धि देखिएको छ । मंगलबार सबै उपसमूहमा हरियाली देखियो । सबैभन्दा धेरै होटल र पर्यटन उपसमूहका लगानीकर्ताले कमाए ।