इन्द्रेणी मसरुम फार्मले आईपीओ बिक्री गर्ने

तु खबर संवाददाता
२०७९ असार २८,मंगलवार १७:११
file-photo

काठमाडौं । इन्द्रेणी मसरुम फार्मले सर्वसाधारणहरुमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धककोरूपमा मुक्तिनाथलाई नियुक्त गरेको हो ।

उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मका अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वजजोशीले हस्ताक्षर गरे । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।