सुक्खा पहिरोका कारण बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध
पाल्पा । सुक्खा पहिरोका कारण बुटवल–पाल्पा सडकखण्डमा यातायात अवरुद्ध भएको छ । उक्त सडकखण्ड अन्तरगत सिद्धबाबा नजिकै ढुङ्गासहितको पहिरो झरेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा हुँदै पोखरा जाने तथा उताबाट बुटवल आउने सवारी साधन बाटोमै रोकिएको जनाएको छ । सडक सूचारु गर्नका लागि पहिरो हटाउने गर्ने प्रयास भैरहेको छ ।
