क्रिप्टोकरेन्सी कारोबारको आशङ्कामा ‘हाइप्रोफाइल’ पक्राउ
काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना ‘हाइप्रोफाइल’ लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका अमित श्रेष्ठ रहेका छन् । प्रहरीले श्रेष्ठलाई क्रिप्टोकरेन्सीमार्फत करोडौंको अवैध कारोबार गरेको आरोपमा पक्राउ गरेको हो ।
उनलाई लाजिम्पाटबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए । प्रहरीले उनको साथबाट एउटा ल्यापटप बरामद गरेको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
