सर्वोच्चद्वारा विश्वराज पोखरेलको रिट खारेज
काठमाडौं । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । प्रहरी महानिरीक्षकमा धिराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध पोखरेलले हालेको रिट सर्वोच्च अदालतले खारेज गरेको हो ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले जानकारी दिए । यो आदेशसँगै एआईजी पोखरेलसामु प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प छ ।
