ट्रकको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७ वर्षीय विमल परियार रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार, शुक्रबार बिहान पौने ८ बजे ना ३ ख ८०४२ नम्बरको ट्रकले बाटो पार गर्दै गरेका बालकलाई ठक्कर दिएको हो । गम्भीर घाइते भएका बालकको उपचारको क्रममा संजिवनी सामुदयिक अस्पताल चन्द्रौटामा मृत्यु भएको हो ।
प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
