समाचार

स्थगित एन्फाको बैठक बिहीबार बस्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण स्थगित भएको सोमबारको बैठक बिहीबार बस्न लागेको एन्फाका महासचिव किरण राईले जानकारी दिए । उनका अनुसार, बैठक बिहीबार बिहान ७ बजे...

चार नेताले छाडे राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी छाडेका छन् । पार्टी छाड्नेहरुमा क्रमशः दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राज भण्डारी रहेका छन् । उनीहरूले आज एक विज्ञप्ति जारी गरी अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको बताए । जारी विज्ञप्तिमा उनीहरूले...

कर कार्यालयको कर्मचारी भनेर रकम उठाउने दुई जना प्रहरीको फन्दामा

काठमाडौं । धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएके छ । पक्राउ पर्नेमा देव अधिकारी र...

नेप्से दोहोरो अंकले बढ्यो, २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । चालु आर्थिक वर्ष सुरु भएलगत्तै शेयर बजारमा क्रमिक सुधार देखिन थालेको हो । आज नेप्से परिसूचक १६ अंकले बढेर २०४५ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नम्वर २ निवासी २८ वर्षका लेकबहादुर पाल्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, गाउँपालिकाको हटिया बजारबाट ठुलाचौर जाने क्रममा लु ६ प २०२० नम्वरको मोटरसाइकल दुर्घटनामा परेको...

मंगलबार देशभर ३५७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ३५७ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३२८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सो अवधिमा आरटी पीसीआर विधिबाट २६८ जनामा र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना...

सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडौं । सुस्त मनस्थितिकी एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ हलेगाभा बस्ने ५६ वर्षीय डम्मर बहादुर भुजेल रहेका छन् । भुजेललाई सोमबार बिहान २ बजे घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पधेरोटोल भन्ने स्थानको...

दुर्घटनामा परेर १ जनाको मृत्यु, १ जना घाइते

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ७० प ४१८२ नम्वरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक...

राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिको विवरण सङ्कलन

मकवानपुर । राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिको विवरण संकलन गरिएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका अनुसार, हालसम्म ५० लाख कार्ड प्राप्त भएको छ भने २ लाख कार्ड छपाइ सकिएको छ । राष्ट्रिय परिचय पत्रको अवधारणा १२ वर्ष अघि अर्थात २०६६/६७ देखि सुरु भए पनि...

हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ४ का १९ वर्षीय सामसाद देवान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ नाईट्रोभेट १...