दुर्घटनामा परेर १ जनाको मृत्यु, १ जना घाइते
काठमाडौं । काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ७० प ४१८२ नम्वरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुलीको मझुवा गाउँपालिका वडा नम्वर ५ का १९ वर्षीय मिलन मग्राती रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मृतकका २१ वर्षीय दाइ प्रेमबहादुर मग्राती घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
