समाचार

झापामा आगलागी हुँदा ६ घर जलेर नष्ट

काठमाडौं । झापाको झापा गाउँपालिका–५ सिमलडाँगीमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ । मुस्लिम बस्तीमा बुधबार बिहान करिब ३ बजे आगलागी भएको हुँदा ६ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, आगलागीबाट अब्दुल करिम अली, अब्दुल जुलास अली, अमुल अली,...

थप ५ जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने

काठमाडौं। निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । आयोगले आजदेखि चितवन, कास्की, मोरङ, काभ्रे र झापा जिल्लामा अनलाइन मतादाता फाराम भर्ने व्यवस्था मिलाइएको जनाएको छ । यसअघि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गत असार २९ गतेदेखि अनलाइन फाराम भर्ने...

यस्तो रहनेछ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पश्चिमी भू–भागमा सरदरको आसपास अवस्थित रहेनुका साथै देशभर सामान्य बदली रहेको जनाएको छ। महाशाखाका अनुसार, हाल देशका केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई...

पहिरोका कारण पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

दमौली । पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गएराति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्डखण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरो हटाएर...

गत आवमा ७ सय किलोमिटर मात्रै सडक कालोपत्रे

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा ७ सय किलोमिटर सडक मात्र कालोपत्रे गरेको छ । सरकारले गत आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको भएपनि लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्रे गरेको हो । सडक विभागले यसरी लक्ष्यभन्दा धेरै कम काम हुनुको...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले...

संसदीय विशेष समितिले जनार्दन शर्मालाई छलफलमा बोलायो

काठमाडौं । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले तत्कालीन जनार्दन शर्मासँग छलफलका लागि बोलाएको छ । समितिको मंगलबार बसेको बैठकले शर्मालाई बोलाएर छलफल गर्ने निर्णय गरेको हो । समितिको बैठकले भोलि (बुधबार) पूर्व अर्थ सचिवहरुसँग छलफल गर्ने निर्णय गरेको समितिका सचिव सुरेन्द्र अर्यालले...

तीन दलका नेताहरुबीच सिंहदरबारमा छलफल

काठमाडौं । समाजवादी केन्द्र निर्माणबारे तीन दलका नेताहरु छलफलमा जुटेका छन् । छलफल सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरु जारी छ । छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुन, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक...

मेयर बालेनले दिए दुई मिडियाविरूद्ध प्रेस काउन्सिलमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई वटा सञ्चार माध्यमलाई कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा उजुरी दिएको छ। काठमाडौं महानगरपालिकाले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुई वटा सञ्चार माध्यमलाई कारबाहीको माग गरेको जानकारी गराएको हो । महानगरपालिकाको मेयर बालेन शाहले जारी गरेको उक्त विज्ञप्तिमा महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को प्रस्तावित बजेट...

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिका–५ मा आज पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार, अत्यधिक गर्मी बढेका कारण...