गत आवमा ७ सय किलोमिटर मात्रै सडक कालोपत्रे

तु खबर संवाददाता
२०७९ श्रावण ४, बुधबार ०८:१७
File Photo

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा ७ सय किलोमिटर सडक मात्र कालोपत्रे गरेको छ । सरकारले गत आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको भएपनि लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्रे गरेको हो ।

सडक विभागले यसरी लक्ष्यभन्दा धेरै कम काम हुनुको दोष सार्वजनिक खरिद प्रक्रिया र निर्माण व्यवसायीको काम गर्ने कार्यशैलीमाथि थुपारेको छ । सार्वजनिक खरिद प्रक्रिया र निर्माण व्यवसायीको काम गर्ने कार्यशैलीका कारण लक्ष्यअनुसारको काम हुन नसकेको सडक विभागका उप–महानिर्देशक भीमार्जुन अधिकारीले अधिकारीले जानकारी दिए । सडक विभागले सडकको वर्गीकरण गरेर राष्ट्रिय राजमार्गको निर्माण र मर्मत सम्भार गर्दै आएको छ ।