झापामा आगलागी हुँदा ६ घर जलेर नष्ट

तु खबर संवाददाता
२०७९ श्रावण ४, बुधबार ०९:५८

काठमाडौं । झापाको झापा गाउँपालिका–५ सिमलडाँगीमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ । मुस्लिम बस्तीमा बुधबार बिहान करिब ३ बजे आगलागी भएको हुँदा ६ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार, आगलागीबाट अब्दुल करिम अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागी अब्दुल करिम अलीको घरमा बिजुलीको तार सर्ट भएर सुरु भएको प्रहरीको भनाइ छ ।

उक्त आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर करिब ३ घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकी रहेको झापा प्रहरीले जनाएको छ ।